प्रयोग मात्रै गरियो ? युवाले के गर्ने त अव ?
आन्दोलनमा ढुङ्गा मुढा गर्दा अगाडि सधैनै युवा आन्दोलनमा गोली चल्दा नडराएर गोली थाप्दै दमनकारीलाई धावा वोल्दै प्राण्को आहुित दिन सम्म पछि नपर्ने तिनै युवा , मातभूमि अतिक्रमण हुंदा विना हतियार हतियारधारी सीमावललाई पछि हट्न वाध्य पार्ने तिनै युवा , आप्mना सम्पूर्ण काम त्यागी जंगल पसी हतियार चलाउदै नेत्तृत्वको आदेश मान्ने तिनै युवा । आफ्ना पढाई समेत थाति राखेर राजनैतिक कार्यक्रममा लागि राजनैतिक चेतना विस्तार गर्ने अभियानमन लाग्ने तिनै युवा । विडम्वना तर यर्थाथ सवै युवा राजनैतिक दललाई वा नेत्तृत्वलाई शक्ति हत्याउन र स्वार्थ पूर्ति गर्ने भाडो मात्र वने किन ? प्रश्न एउटा व्यक्ति वा पार्टीलाई मात्र होइन यो त जो जो ,जस जसले युवालाई उपयोग मात्र गरे ती सबैलाई हो ।
पुरानो पार्टी नेपाली काग्रेसको लामो इतिहाशमा युवाको योगदान अति उल्लेखनीय पाइन्छ । उनीहरु जे जस्तो तर्क प्रश्तुत गरुन् , यथार्थता छर्लङ्ग छ । पार्टीको अग्र पंतिमा धेरै कपाल फुलेका युवा मात्र छन् । एमालेमा पनि उस्तै हो हाल । ढुृङ्गा मुढा झडप र शक्ति पर्दशन गर्न युवा फोर्स नै तयार छ तर उनीहरुलाई पनि आखीर अग्र पंतिका पाका नेताबाट प्रयोग मात्रै गरिएकोछ । माओवादीको पनि हाल उही हो, त्यो त झन हालै शिविरबाट खिन्न मन गराउदै घर फर्र्कीन वाध्य युवावाट आएको अभिब्यक्तिबाट मात्रै पनि स्पस्ट हुन्छ र अरु धेरै उदाहरण भेटिन्छन् । एक युवा आक्रोश व्यक्त गर्दै भने मोरिमेट्ने बेलामा गरियो अहिले बन्दुक चलाउनेहरुलाई घरमै बसी कोदालो खन्न फर्काइदै छ । मधेशवादी दलहरु भ्mन् माहिर निक्ले युवाहरुलाई प्रयोग गर्ने मामिलामा ।आन्दोलनमा उतार्दा युवालाई एकमुस्ट सेना र प्रहरीमा प्रवेश गराउछौ भन्दै आन्दोलन चर्काउन लगाए तर के यसो गरिदै छ त ? पक्कै छैन । यो कुरा त उठ्ननै छाडिसक्यो आजकल । किनकि त्यो त शक्तिमा पुग्नलाई चालिएको चाल थियो । फेरी चाहिए अर्काे जाल पक्कै पनि फाल्नेछन् ।
तर युवा दलकै पछि मात्र लागेका पनि होईनन् ,देशको लागि निश्र्वाथ विभिन्न दलको माध्यम हुदै संघर्षमा होमिएका पनि हुन् । एउटा विडम्वना वा दुर्भाग्य के भयो भने युवाको यत्रो लगानी अनि वलिदानीले पनि मुलुक स्थायित्व को दिशामा अघि बढेन । उही निहीत व्यक्तिको स्वार्थपूर्तिमा फस्यो ।
युवाको संघर्षको मूल्याङकन जसरी राजनैतिक तहमा हुन सकेन अन्य क्षेत्रमा पनि पाईदैन ।युवाको ज्ञान र क्षमताको के कदर भएको छ त ? धेरै ठाउँमा विज्ञापन दिइन्छ जनशक्ति मागिन्छ र भनिन्छ minimum requirements: 5 years of working experienc के यो युवा माथि गरिएको अपमान होइन त ? हो अनुभवले धेरै कुरा सिकिन्छ ,तर के अवसर विना अनुभव हुन्छ ? अवसर मिल्यो शैक्षिक योग्यता हासिल गरियो तर विना अनुभव शैक्षिक योग्यताको कुनै गणना नै छैन । त्यो मात्र हो र एउटा उच्च सरकारी कर्मचारी हुन पनि अनुभवनै चाहिने गर्छ ।एउटा सरकारी उच्च पदमा पुग्न २..४ वटा बढुवा कुर्नै पर्दछ ,जहाँ सम्म पुग्दा युवा जोस र जाँगर ओइलाई सकेको हुन्छ ।जसले गर्दा देशमा परिर्वतन आउन सकेको छैन किनकि परिर्वतनका संवाहक भनेका युवा नै हुन् ।
जति गुनासो गरेपनि सुन्ने कोही होईन ,अनि युवा जोस र जाँगर त्यत्तिकै प्रौढमा परिणत हुन्छ र देशले पनि जाँगरिला युवाको जाँगरको स्वाद लिन पाउदैन र देशमा दु्रत गतिमा विकास हुन सकिराख्या छैन ।
विडम्वना भनौ या दुर्भाग्य आजसम्म यी सम्पूर्ण कुराहरु भोग्दा भोग्दै पनि युवाहरुनै राजनैतिक पार्टी र व्यक्तिको इसारामा लागेर एक युवा अर्काेको विरुद्ध मारामारको लडाईमा किन अझैपनि होम्मिइराखेका छांै ? हामी युवालाई थाहा छदै छ कि युवाको जाँगर शक्ति र बुद्धि एकजुट भएर निहित स्वार्थ पूरा गर्न लागीपरेका समूहबाट अलग भई देश निर्माणको काममा किन लाग्न सकिरहेका छैनन् ? के कुराको आसमा छन् यी ?अव जुट्ने वेला आएनर ? आफ्नो र आफ्नो देशको भाग्य चम्काउन यी युवा एक भए सवकुरा ठाउँमा आउन वाध्य हुने छन्।
No comments:
Post a Comment