डिएर सलोनि।
थ्यान्क् यु भेरि मच ।
तिम्रो पत्र पडेसि मन हलका भयेको छ।
तिमि धरै बुझ्ने भै छौ।
कहिलेकाँही मेरा बारेमा म आफैले बुझ्न नसकेका कुरा तिमि बुझ्छ्यौ यार ।
कसरी हो,तिमिसँग त्यस्तो के कुरा छ ।। मेरा जसले सततः पक्षलाई यसरी
छाम्न सक्छ । केलाउन सक्छ । र, धेरथोर अनुभूत गर्न पनि । मैले मानेँ
तिमिलाई ।
मानेँ । मान्छे हेर्न सकिन्छ । देख्न सकिन्छ । र, हिमचिम गर्न पनि सकिन्छ ।
तर मान्छेको भावना पढ्ने काम सहज छैन । पढेर वुझ्ने काम त झनै सहज छैन
। वुझेर ऊसलाई मार्गदर्शन र व्यवहार गर्नु त झन जटिल छ भन्ने लाग्दछ ।
तिमि त्यसको काविल छ्यौं । म यत्ति भन्न सक्छु तिम्रो बारेमा । बतासमा
रोइरहेका मेरा मौन परिभाषाहरू एकान्तमा तड्पिएका हुन सक्छन् । विचलित
नबनाऊ आइदिने यादहरूलाई । आउने
यादलाई न तिमि रोक्न सक्छौ न म
नै सक्छु । प्रेमको खातिर रमाइरहेका हुन सक्छन् यादहरू। मेरो भावना र
मनस्थितिको कुरा हो यो । मेरो समय र मेरा सपनाको कुरा सोचिरहेको छु।
यसको अन्तरसम्बन्ध छ पनि । र,छैन पनि । काम गर्दागर्दै सुटुक्क चोरेको
समयमा लेखेको यो पत्र तिमिलाई कस्तो लाग्यो कति कुरा नभनेरै मिठा हुन्छन्
भन्ने गीतजस्तै म मिठो हुनुको भावमा अस्पष्ट भएँ भने मलाई माफ दिनु ।
तिम्रो स्वास्थ्यलाभको कामना गर्दै विदा चाहन्छु ।
उहि तिम्रो समिन
No comments:
Post a Comment