Saturday, December 27, 2014

राजा भनौ कि राजकुमार जे भनेपनि नपुग नपुगजस्तो लाग्न थाल्यो

मेरो समिन ।। आफुलाई सम्हाल प्लिज। 
फोन  म्यासेज मेल मा धरै चिठि हरु आदान प्रदान भये तर यो मेरो पहिलो पत्र  
पत्र लेख्ने बानित काहा र। तै पनि मन हल्का बनाउन यसैको साहारा लिएकि छु।के तिमिले सम्झेका छौ . तिमिलाई मैले गरेको पहिलो रोमान्टिक म्यासेज अझै सम्झेकि छु

राजा भनौ कि राजकुमार

जे भनेपनि नपुग नपुगजस्तो लाग्न थाल्यो
खै किन हो अचेल
तिमी हिडने बाटो पनि आफनैजस्तो लाग्न थाल्यो


तिमि सङ्ग मेरो केहि गुनासो छैन समिन्। तिमि मेरो एक असल साथि हो, जो मेरो मनको कुरा बुज्छौ त्यसैले सब थोक गुमाउदै जादा पनि यो मन सम्हाल्न सकेकि छु।  हुन रहर भन्दा पाच हात अगाडि हिँड्दो रहेछ वास्तविकता तर पनि त्यही वास्तविकतालाई भेटउने आसमा चालेका यि पाईला अझ काहा काहा ठेस लाग्ने हुन्   अरुको मन लाई चित्त बुझाउन त सजिलो छ तर आफ्नै मन को चित्त बुझाउन कस्तो गार्हो ।जसरि हुन्छ समालिनु पर्ने रहेछ यो सन्सारमा   हाम्रा आफ्नाहरू बाट अलग्गिएर छुट्टिएर प्राप्त भएको प्रेममा तिमी खुसी हुन सक्छौ नै बिबस छु लाचार छु, मेरो हातमा केहि रहेन रहेछ समिन। भन्न भन्छन पहिले आफ्नो बारेमा सोच्नु पर्छ ।तर आफ्नो एकतर्फी खुसीका लागि नाता सम्बन्ध परिवेश लत्त्याएर केहि सोच्न सक्दिन तिमी पनि सक्दैनौ त्यो तिमि ले नभनेनि बुज्छु म। तिम्रा आफ्ना आमाबाबु भई बहिनी बाट अलग रहेर तिम्रो जिन्दगी पुरा हुने सक्दैन तिमि अनि तिम्रो आस्तित्ब तिम्रा आफन्त हरुको साथमै छ। जेहोस , तिमी रहेरै मलाई प्रेम गर रहेरै तिमीलाई प्रेम गर्न चाहन्छु यहाँ जति सुकै आधुनिकता या स्वतन्त्रताका कुरा चलुन हामी -आफ्नो वास्तविकता भुलेर प्रेमको छुट्टै संसार रचना गर्न सक्दा रहेनछौ . हामि दुबैले केहि कुराको पस्टिकरन दिनु पर्दैन समिन। तिम्रो मन का कुरा तिमिले नभन्दै मेरो  मनले बुझि सक्छ। मै आफुलाई भन्दानि तिमिलाई बिस्वास गर्छु। मान्छेको जीवन केवल एउटा सम्बन्धमा गएर टुंगिदैन  प्रेमका अलावा पनि उसको फराकिलो सम्बन्ध हुन्छ  त्यो सम्बन्ध प्रति पनि त्यत्तिकै वफादार हुनु जरुरी जति आफ्नो प्रेमी प्रेमीका प्रति  . हिजो आज प्रेमका खातिर ज्यान फाल्नेहरुको खुब बिगबिगी तर प्रेम देखि हारेर ज्यान अर्पनेहरु प्रति मलाई सख्त घृणा मान्छेले यसरी जीवनलाई सस्तो गरि तौलिएको देखेर मलाई बडो अचम्म लाग्छ भो समिन तिमि धरै बुझकारि छौ। मैले केहि भन्नु पर्दैन। तिमि सङ्ग को साथले सायद पनि धरै समझदार भयेकि छु है।

उहि तिम्रो सलोनि


No comments: