कसरि सम्झियौ त आज यतिका पछि ? उनलाई सोधे ?
प्रस्न भन्दा पनि औपचारिक्ता मात्रै । मलाई थाहा थियो ।
''सम्झिन त सदै सम्झिएकै हुन्थे तर आज
भेट्न मन भयो, कुरा
त्यति हो।''
''पानी
परेर मेटिएको डायरीका अक्षरहरु झैँ तिमि सङ्गका यादका स्मृति
पनि मेटिन्थ्यो भने तिमीलाई धेरै अघि भुल्थेँ । तर,स्मृतिहरु झन झन
गाढा बन्दैछन् वर्षात् सँगै ।''
कस्तो साहित्यिक तरिकाले कुरा गर्दै छिन त ?
पहिल्ये
त तस्तो कहिल्यै गरिनन!! कस्तो अचम्म! ठिकै छ। सङगत
को फल त होला । हुनत २ बर्ष भयो भेट अनि सम्पर्क
नभाको।
पछिनै सोधुला।
आज कसरि फुर्सद निकाल्यौ त ? ….. कुरा अघि बडाउन यहि प्रस्न सहि
ठाने ।
तिमी पो व्यस्त छौ र मसँग त समयनै समय छ । तिम्रो व्यस्तता म
सम्हाल्छु यो अत्यासलाग्दो फुर्सदको जिम्मा तिमी लिन्छौ ?
हुनत उनि अग्रेजी साहित्यमा डिग्री गरेकि हुन् तर आज
जतिको साहित्यिक पारामा कहिल्यै
कुरा गर्ने गरेकि थीइनन् ।
मपनि का तस्तो धेरै बिजि छु र अरु काम बाट फुर्सद् भयोकि टाइम
पासको लागि किताब पड्छु अनि लेख्छु ।
धेरै पछि हाम्रो भेट भएको थियो । सायद दुई बर्ष भएको थियो होला ।
बिचमा उनी र म बीच धेरै मनमुटाब भए । हामी फेरि एक अन्जान व्यक्ति
जस्तो गरी प्रस्तुत भएका थियौं तर अन्जान भने थिएनौ । थिए त केहि
असमझदारी र मेटिन नसकेका तुषहरु ।छ्या कस्तो नरमाईलो दिन है
तीजमा माइत जान नपाएकी छोरीको मन झैँ अँध्यारो । भन्दा भन्दै पानी
पर्यो।
No comments:
Post a Comment