Thursday, September 4, 2014

पहिलो प्रयास को सानो टुक्रा

कतै केहि अधुरो कतै केहि अपुरो कोरिएको नै जीन्दगी को पानाहरु... 

आभाषहरु, त्यही पनि धेरै धेरै अपुरो तिमी बिना को जीवन कथा अधुरो : डि 
सुक्रबार राति १०:३० मा फेसबुकमा धेरै समय पछि यहि स्टाटस।। ।।

पोख्नेको थिए ।

भाई  साहित्यकार बने हुन्छ

साथि साहित्यकार पो हो   तत्रो बर्स सगै पडियो केहि मेसो पाईएन 

त ?
समिन सिङार डान्सर हिरो सबै हो नि हा हा ।

था थिएन ?

 बेस्ट अफ लक ब्रो बेस्ट अफ लक।

फस्ट कपि मलाई है ।

यि यस्तै कमेन्ट अनि धरै लाईक आईरहेका थिए

यो फेसबुक यस्तै धेरैको दैनिकि बनेको छ। अरु काम बाट फुर्सद् भयोकि 

किताब पड्छु अनि लेख्छु मलाई भने फेसबुकमा त्यति झुम्मिन मन 

पर्दैन, तर सानैमा छुटेका फेरी भेट नभएका घनिष्टहरुको फोटो, याद  

पुनर्मिलन प्याकेजको लागी भने सँधै फेसबुकप्रती साह्रै आभारी हुन्छु !

फेसबुकका स्टाटस, फोटो, लाईक कमेन्ट गर्ने नगर्ने अरु धरैले हेरेका 

हुन्छन।

 कतै केहि अधुरो कतै केहि अपुरो कोरिएको नै जीन्दगी 

को पानाहरु... 

आभाषहरु, त्यही पनि धेरै धेरै अपुरो तिमी बिना को जीवन कथा अधुरो

अफलाईन बसि लेखेको थिए तर कतिलाई थाहा भयेछ

यो लेखेको मिनेटमा  म्यासेज क्बक्समा  म्यासेज आए

फस्ट कपि मलाई है ।

कता हो र समिन सर ?

आजकाल भेटघाटनि हुन छाड्यो त ?

इफ यु डन्ट माइन्ड, क्यान आई मिट यु टुमरो ?

सायद दुई बर्ष भएको थियो होला हामि (सलोनि ) कुनै माध्यममानी 

सम्पर्कमा थिएनौ त्यहि फेसबुक स्ट्याटस सायद हेरेकै भएर होला 

सनिबार बिहानै भेट्न पाए हुन्थ्यो भन्ने मनसाय फेसबुकमा बक्त गरिन

म पनि त्यो आग्रहलाई सहर्स स्विकारे । भेट्ने कुरामा यो पालि भने 

कुनै हक जमाइनन  । 

धेरै पछि हाम्रो भेट हुदै थियो ।


यति भये पछि मलाई पनि उन्को फेसबुक हेर्ने मन भयो । उनले 

मलाई फलोईङ्ग गरेकि थीइन तर मैले भने थिएन ।१०:३५ मै 

उन्लेनि स्ट्याटस अपडेट गरेकि रहिछन् । 

सँग नबोलेको त् धेरै भयो  ---------मेरो मुटु सँग अझै पनि उनको 

सुमधुर सम्बन्ध !!

सायद यो मेरै लागि लेखेको हुनु पर्छ । 

कान्तिपुरमा सनिबार छुट्टि भयेनि एसियनमा भने सनिबार बिदा हुदैन। 

एक पिरिएड १२ टु भने। हुन्छ बजे सात्डोबाटोमै आउछु। ठिक 

निर्धारित समयमा मैले पडाउने कलेजको गेटमा आईपुगिन

हुन गाजल कालोमोसो नै हो तैपनि ठिक मात्रा, ठिक अङ्गमा, ठीक 

समयमा लगाउँदा त्यहि कालोले बिलक्षण सुन्दरता दिन्छ कस्तो 

सुहाउने गरि लाएकि।। मन मनै भने।। मन लोभ्याउने।

सधै ढिलो हुने पनि केहि अघि बाटनै प्रतिक्षा गरिसकेको थिए। कहिल्यै 

यसरि निहाल्ने आज खै किन मेकअप पहिरनमा यति धेरै ध्यान 

गयो अचम्म लाग्छ स्त्रिको शुन्दरता अनुशासन,सरलता लज्जामा 

हुन्छ...

No comments: