कतै केहि अधुरो त कतै केहि अपुरो कोरिएको नै छ जीन्दगी को पानाहरु...
आभाषहरु, त्यही पनि धेरै धेरै अपुरो तिमी बिना को जीवन कथा अधुरो : डि
सुक्रबार राति १०:३० मा फेसबुकमा धेरै समय पछि यहि स्टाटस।। ।।
पोख्नेको थिए ।
ल भाई
साहित्यकार बने हुन्छ ।
साथि त साहित्यकार पो हो छ त
तत्रो बर्स सगै पडियो केहि मेसो पाईएन
त ?
समिन त सिङार डान्सर हिरो सबै त हो नि हा हा ।
था थिएन र?
बेस्ट अफ लक ब्रो बेस्ट अफ लक।
फस्ट कपि मलाई है ।
यि र यस्तै कमेन्ट अनि धरै लाईक आईरहेका थिए ।
यो फेसबुक यस्तै धेरैको दैनिकि बनेको छ। अरु काम बाट फुर्सद् भयोकि
किताब पड्छु अनि लेख्छु मलाई भने फेसबुकमा त्यति झुम्मिन मन
पर्दैन, तर सानैमा छुटेका र फेरी भेट नभएका घनिष्टहरुको फोटो, याद र
पुनर्मिलन प्याकेजको लागी भने सँधै फेसबुकप्रती साह्रै आभारी हुन्छु म!
फेसबुकका स्टाटस,
फोटो, लाईक कमेन्ट न गर्ने नगर्ने अरु धरैले हेरेका
हुन्छन।
कतै केहि अधुरो त कतै केहि अपुरो कोरिएको नै छ जीन्दगी
को पानाहरु...
आभाषहरु, त्यही पनि धेरै धेरै अपुरो तिमी बिना को जीवन कथा अधुरो ।
अफलाईन
बसि लेखेको थिए तर कतिलाई थाहा भयेछ
यो लेखेको ५ मिनेटमा म्यासेज क्बक्समा ४ म्यासेज आए ।
फस्ट कपि मलाई है ।
कता हो र समिन सर ?
आजकाल भेटघाटनि हुन छाड्यो त ?
इफ यु डन्ट माइन्ड, क्यान आई मिट यु टुमरो ?
सायद दुई बर्ष भएको थियो होला । हामि (सलोनि र म) कुनै माध्यममानी
सम्पर्कमा थिएनौ । त्यहि फेसबुक स्ट्याटस सायद हेरेकै भएर होला
सनिबार बिहानै भेट्न पाए हुन्थ्यो भन्ने मनसाय फेसबुकमा बक्त गरिन।
म पनि त्यो आग्रहलाई सहर्स स्विकारे । भेट्ने कुरामा यो पालि भने
कुनै हक जमाइनन ।
धेरै पछि हाम्रो भेट हुदै थियो ।
यति भये पछि मलाई पनि उन्को फेसबुक हेर्ने मन भयो ।
उनले
मलाई फलोईङ्ग गरेकि थीइन तर मैले भने थिएन ।१०:३५ मै
उन्लेनि स्ट्याटस अपडेट गरेकि
रहिछन् ।
म सँग नबोलेको त् धेरै भयो ---------मेरो मुटु सँग अझै पनि उनको
सुमधुर सम्बन्ध छ !!
सायद यो मेरै लागि लेखेको हुनु पर्छ ।
कान्तिपुरमा सनिबार छुट्टि भयेनि एसियनमा भने सनिबार बिदा हुदैन।
एक पिरिएड १२ टु १ छ भने। हुन्छ म १ बजे सात्डोबाटोमै आउछु। ठिक
निर्धारित समयमा मैले पडाउने कलेजको गेटमा आईपुगिन ।
हुन त गाजल कालोमोसो नै हो तैपनि ठिक मात्रा, ठिक अङ्गमा, ठीक
समयमा लगाउँदा त्यहि कालोले बिलक्षण सुन्दरता दिन्छ । कस्तो
सुहाउने गरि लाएकि।। मन मनै भने।। मन लोभ्याउने।
सधै ढिलो हुने म पनि केहि अघि बाटनै प्रतिक्षा गरिसकेको थिए। कहिल्यै
यसरि न निहाल्ने म आज खै किन मेकअप र पहिरनमा यति धेरै ध्यान
गयो अचम्म लाग्छ । स्त्रिको शुन्दरता अनुशासन,सरलता र लज्जामा
हुन्छ...
No comments:
Post a Comment